Thursday, June 4, 2026

कारागारबाट फरार कैदी वीरगञ्जबाट पक्राउ

spot_img

बारा, २५ वैशाख । कारागार कार्यालय चितवनबाट फरार भएका कैदीबन्दीमध्ये एक जना भारतीय नागरिकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।

लागुऔषध मुद्दामा कैद सजाय काटिरहेकी ७० वर्षीया रुवेदा खातुन भनिने सुशीला देवीलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार ल्याएको हो। गत भदौ २५ गते जेनजी प्रदर्शनका क्रममा कारागारबाट चार जना नाबालकसहित कुल ७४३ जना कैदीबन्दीहरू भागेका थिए भने ११ जना भारतीय नागरिक समेत सामेल थिए।

कारागार प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार हालसम्म ६४० जना कैदीबन्दीहरू सम्पर्कमा आइसकेका छन् भने अझै १०३ जना फरार रहेका छन्। सम्पर्कविहीन हुनेहरूमा धेरैजसो लागुऔषध, जबर्जस्ती करणी र दुर्लभ एकसिँगे गैँडा चोरी सिकारी मुद्दाका दोषीहरू रहेका छन्।

कारागार प्रशासनले असोज २० गतेसम्मको समय सीमा तोकेर फरार कैदीहरूलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो। तोकिएको समयभित्र नआउनेहरूलाई कारागार ऐन २०७९ र प्रचलित कानुन बमोजिम थप कारबाही गरिने चेतावनी दिइएको छ।

साथै, फरार कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कानुनी दायरामा ल्याइने कार्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर