Thursday, June 4, 2026

अब बारामा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

spot_img

बारा, २५ वैशाख । जिल्ला हुलाक कार्यालयले अब बारामा पनि हुलाकमार्फत राहदानी वितरण हुने जानकारी दिएको छ ।

सरकारको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला हुलाक कार्यालय बाराबीच वैशाख २५ गते हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सम्बन्धमा औपचारिक सम्झौता भएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र जिल्ला हुलाक कार्यालय बाराका कार्यालय प्रमुख दिपक कुमार पटेलको उपस्थितिमा उक्त सेवा सञ्चालन गर्ने सहमति भएको हो। यस सेवाका बारे जानकारी दिदै जिल्ला हुलाक कार्यालयका खरिदार गौतम सिंह बस्तीले भने, “राहदानीका लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन दिने बेला सेवाग्राहीहरूले आफ्नो राहदानी हुलाक सेवामार्फत घरमै लिन परे सोही समयमा एउटा सानो फारम भर्नु पर्छ, राहदानी आए पछि हामी सम्बन्धित व्यक्तिको घरमा पुर्‍याइदिन्छौ।”

सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नम्बर २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी पासपोर्ट, नागरिकता, प्रतिलिपि, लाइसेन्सलगायत सरकारी कागजातहरू घरमै पुर्‍याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने निर्णय गरेको थियो।

सोही निर्णयको कार्यान्वयनसँगै अब बाराबासीले पनि यो सहज सेवा उपभोग गर्न पाउने भएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर