Thursday, June 4, 2026

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु

spot_img

बारा,२८ वैशाख । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ।

आजको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यसका लागि सांसदहरूलाई दिउँसो ३ः४५ बजेअघि नै सिंहदरबारस्थित प्रतिनिधिसभा कक्षमा उपस्थित हुन आग्रह गरिएको छ।

यसअघि आजै दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ। बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ। साथै, सभामुखले आफ्नो अनुपस्थितिमा बैठक सञ्चालन गर्न सदस्यहरूको मनोनयन गर्नुहुनेछ।

प्रतिनिधिसभाको सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेश गरिनेछ। त्यस्तै प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले समितिको प्रतिवेदन, २०८३ पेश गर्नुहुनेछ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश तथा संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश पेश गर्नुहुनेछ।

त्यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अध्यादेश पेश गर्नुहुनेछ भने कानुनमन्त्री सोविता गौतमले केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश प्रस्तुत गर्नुहुनेछ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी अध्यादेश पेश गर्नुहुनेछ भने स्वास्थ्यमन्त्री निशा मेहता र शिक्षामन्त्री सस्मित पोखरेलले सम्बन्धित अध्यादेशहरू प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर