Thursday, June 4, 2026

एसईईको नतिजा सार्वजनिक

spot_img

बारा, २८ वैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आज सार्वजनिक भएको छ।

परीक्षा नियन्त्रण कार्यालयमा बसेको बोर्ड बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेसँगै बोर्डले नतिजा सार्वजनिक गरेको हो।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको यस वर्षको परीक्षाको नतिजा विगतको तुलनामा निकै छिटो सार्वजनिक भएको छ। यस पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएकाले नतिजा प्रकाशन प्रक्रिया छिटो र प्रभावकारी भएको बोर्डले जनाएको छ।

यस वर्षको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी थिए।

परीक्षाको नतिजा सहजै प्राप्त गर्नका लागि बोर्डले विभिन्न विकल्पहरूको व्यवस्था गरेको छ। विद्यार्थी तथा अभिभावकहरूले आधिकारिक वेबसाइटहरू, एसएमएस सेवा र मोबाइल एप्समार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्। यद्यपि, सबै माध्यममा नतिजा पूर्ण रूपमा अपडेट हुन केही समय लाग्न सक्ने बोर्डले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर