Thursday, June 4, 2026

वीरगञ्जमा बजार अनुगमन : तीन होटललाई कारबाही

spot_img

बारा, ०२ जेठ। बजारमा उपभोक्ता ठगी नियन्त्रण र मूल्य सूची दुरुस्त राख्ने उद्देश्यका साथ सञ्चालित मूल्य पारदर्शिता सप्ताह अन्तर्गत वीरगञ्जका विभिन्न होटल तथा क्यान्टिनहरूमा अनुगमन गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निमित्त प्रमुख आशुतोष कुशवाहाका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ विपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि संयुक्त अनुगमन टोलीले तीनवटा होटललाई स्थलगत कारबाही गरेको छ ।

अनुगमन टोलिले वीरगञ्ज–११ स्थित तराई क्यान्टिनलाई ऐनको दफा १५ विपरीत कार्य गरेको र दफा ३८ (ट) बमोजिम कसुर गरेको ठहर गर्दै दफा ३९ (१) (घ) अनुसार ५० हजार जरिवाना गरेको छ । यसैगरी वीरगञ्ज–१३ मा सञ्चालित ज्योति मगर होटललाई ऐनको दफा १५ विपरीत कार्य र दफा ३८ (घ) बमोजिमको कसुरमा दफा ३९ (१) (क) अनुसार रु. २० हजार तथा सोही वडाकै चौधरी होटललाई पनि समान कसुरमा ५ हजार जरिवाना गरिएको छ ।

अनुगमनका क्रममा वीरगञ्ज–१३ कै अनु देवीको व्यवसायमा केही प्राविधिक त्रुटिहरू फेला परे पनि गम्भीर गल्ती नदेखिएकाले आवश्यक सुधारका लागि सामान्य निर्देशन दिइएको छ ।

जिल्ला अनुगमन समितिले उपभोक्ता हित संरक्षण र बजारलाई व्यवस्थित एवं मर्यादित बनाउन आगामी दिनमा पनि यस्ता आकस्मिक अनुगमन तथा निरीक्षण कार्यलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर