Thursday, June 4, 2026

मोटरसाइकल चोरी गर्ने कलैयाका एकजना वीरगन्जमा पक्राउ 

spot_img

वीरगन्ज, ०६ जेठ। जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरी गर्ने बाराका एकजना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षिय प्रेम कुमार पटेल रहेका छन्।

पटेललाई हिजो मंगलबार पर्साको वीरगन्ज महानगरपालिका वडा नं १२ मुरली बस्ने ३४ वर्षिय दिपेन्द्र कुशवाहाको नाममा दर्ता रहेको मधेश प्रदेश ०३-०३३ प ८५१७ नम्बरको निलो कालो रंगको मोटरसाइकल अपाचे दिनबन्धु पेट्रोल पम्प स्थित पार्किङ गरी राखिएको अवस्थामा चोरी गरि भाग्दै गरेको अवस्थामा स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

मोटरसाइकल तथा चोरीमा संलग्न रहेको आरोपमा पटेललाई पक्राउ गरी चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता (डीएसपी) हरि बहादुर बस्नेतले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर