Thursday, June 4, 2026

ट्राफिक कार्यालयहरुद्वारा सवारी साधनको नम्बर प्लेट दुरुस्त पार्ने एक हप्ते विशेष अभियान सञ्चालन

spot_img

बारा, ०७ जेठ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा तथा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूले नम्बर प्लेट नराखी तथा अस्पष्ट नम्बर प्लेट भएका सवारी साधनविरुद्ध अभियान सञ्चालन गरेका छन्।

सवारी दुर्घटना न्यूनीकरण तथा सवारी साधनको सहज पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत विभिन्न स्थानमा विशेष चेकजाँच गरिएको हो। चेकजाँचका क्रममा नम्बर प्लेट नभएका, मेटिएका तथा स्पष्ट नदेखिने नम्बर प्लेट भएका दुइपाङग्रे तथा चारपाङग्रे सवारी साधनलाई नियन्त्रणमा लिई नम्बर प्लेट स्पष्ट रूपमा लेख्न लगाईएको जनाइएको छ।

नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनका कारण दुर्घटना तथा आपराधिक गतिविधिमा संलग्न सवारीको पहिचान गर्न कठिन हुने भएकाले अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइएको ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले जनाएको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले सम्पूर्ण सवारी चालकलाई सवारी साधनमा अनिवार्य रूपमा स्पष्ट नम्बर प्लेट राख्न, ट्राफिक नियमको पालना गर्न तथा सुरक्षित यात्रामा सहयोग पुर्‍याउन अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर