Thursday, June 4, 2026

जेठ १४ गते बकर ईदको अवसरमा देशभर सार्वजनिक बिदा

spot_img

बारा, ०८ जेठ । सरकारले आगामी जेठ १४ गते बिहीबारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद-उल-अजहा) को अवसरमा सरकारले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्ति अनुसार, मुस्लिम आयोगबाट जेठ १४ गते बकर ईद परेको आधिकारिक जानकारी प्राप्त भएपछि सरकारले सोही दिन बिदा दिने व्यवस्था मिलाएको हो।

नेपाल राजपत्रमा प्रकाशित पूर्व सूचना बमोजिम नै यस पर्वका दिन बिदा दिने व्यवस्था रहेको गृह मन्त्रालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर