बारा, ०८ जेठ । नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र अन्तर्गत पर्ने केही क्षेत्रमा आज दिउँसो सम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
वितरण केन्द्रले एक सूचना जारी गर्दै ११ के.भी. डबल सर्किट तार तान्ने कार्य भइरहेकाले सेवा बन्द गर्नुपरेको जनाएको हो ।
कलैया वितरण केन्द्रको कार्य क्षेत्र अन्तर्गत पर्ने सितलपुर फिडरबाट वितरित देवताल र सुवर्ण गाउँपालिका क्षेत्रमा आज दिउँसो १२:०० बजेदेखि साँझ ०५:०० बजेसम्म विद्युत आपूर्ति बन्द रहने वितरण केन्द्रले जनाएको छ ।
निर्धारित कार्य तोकिएको समय अगावै सम्पन्न भएमा सोही अनुसार लाइन तुरुन्त सुचारु गरिने समेत केन्द्रले जनाएको हो ।





