Saturday, August 8, 2026

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

बारा, ११ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध र राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

सार्वजनिक नैतिकता र शिष्टाचार विपरीत अभिव्यक्ति दिएको, समाजमा घृणा वा द्वेष फैलाएको तथा विभिन्न जातजाति र सम्प्रदायहरूबीचको सुमधुर सम्बन्धमा खलल पुर्‍याउने कार्य गरेको आरोप उनीमाथि लगाइएको छ।

यही विषयलाई लिएर पर्सा प्रहरीले उनलाई गत जेठ ४ गते वीरगञ्जस्थित होटल दियालोबाट नियन्त्रणमा लिएको थियो। पक्राउ परेका प्रसाईंलाई अदालतमा उपस्थित गराइए पनि सोमबार उनको बयान लिने कार्य सम्पन्न हुन सकेन। बयान नसकिएका कारण अदालतले उनलाई पुनः हिरासतमै राख्न आदेश दिएको छ।

उनलाई भोलि मंगलबार पुनः अदालतमा उपस्थित गराउने गरी हिरासतमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर