बारा, ११ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बर्खे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ कायम गर्ने निर्णय गरेको हो।




