Saturday, September 19, 2026

उखु किसानको भुक्तानी र मलको व्यवस्था गर्न सांसद अमरेश सिंहको माग

Advertisement
Advertisement

बारा, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले चिनी मिलहरूले लामो समयदेखि किसानको पैसा नदिएको र सरकारबाट प्राप्त हुने अनुदान समेत नपाउँदा उखु किसानहरू ठूलो मर्कामा परेको भन्दै संसदको ध्यानाकर्षण गराएका हुन्।

उनले चिनी मिल र सरकार दुवै पक्षबाट पाउनुपर्ने रकम छिटोभन्दा छिटो भुक्तानी गरी किसानको समस्या समाधान गर्न आग्रह गरे। बैठकमा विशेष समय लिएर बोल्दै सांसद सिंहले कृषि क्षेत्रका अन्य समसामयिक समस्याबारे पनि सरकारलाई सचेत गराए। रोपाइँको सिजन नजिकिँदै गरेको अवस्थालाई ध्यानमा राख्दै उनले किसानका लागि पर्याप्त र समयमै रासायनिक मलको व्यवस्था मिलाउन समेत जोडदार माग गरे।

खेतीपातीको समयमा हरेक वर्ष देशमा मलको अभाव हुने गरेको भन्दै यतिबेला नै पर्याप्त आपूर्तिको प्रबन्ध नगरे देशको उत्पादन र किसानको जीविकोपार्जनमा गम्भीर असर पर्ने उनले चेतावनी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर