Saturday, August 8, 2026

कलैया उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव कँडेल

बारा, १२ जेठ । सरकारले बाराको कलैया उपमहानगरपालिकामा नयाँ प्रशासनिक नेतृत्व पठाएको छ।

मन्त्रीपरिषद् बैठकले सहसचिव रेशम लाल कँडेललाई कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गर्ने निर्णय गरेको हो।

कानुनी व्यवस्था र सरकारी मापदण्ड अनुसार उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव स्तरको निजामती कर्मचारी रहने व्यवस्था छ। तर, कलैया उपमहानगरपालिकामा लामो समयदेखि यो व्यवस्था कार्यान्वयन हुन सकेको थिएन र यसअघि पटक-पटक उपसचिवहरूलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदै आएको थियो।

यसै क्रममा, पछिल्लो समय शिक्षा क्षेत्रका उपसचिव रामविनय कुमार सिंहले यहाँको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यभार सम्हाल्दै आएका थिए ।

उपसचिव सिंहको स्थानमा यसपटक सरकारले मापदण्ड बमोजिम नै सहसचिव स्तरको कर्मचारी पठाएर प्रशासनिक नेतृत्वलाई थप सुदृढ बनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर