Saturday, August 8, 2026

दूध किसानलाई १२ करोड भुक्तानी

बारा, १३ जेठ। दुग्ध विकास संस्थान (डिडिसी) ले लामो समयदेखि भुक्तानी नपाएका दूध किसानहरूलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ।

डिडिसीका अनुसार पछिल्लो चार महिनाको कुल ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये यो १२ करोड रुपैयाँ भुक्तानी गरिएको हो।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले संस्थानको सुधारका लागि नयाँ कार्ययोजना लागू गरेसँगै अहिले किसानहरूलाई दैनिक १ करोड रुपैयाँका दरले भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ। यद्यपि, दुग्ध क्षेत्रमा अझै ठुलो रकम भुक्तानी हुन बाँकी रहेको छ ।

निजी क्षेत्रका डेरी उद्योगहरूले किसानलाई ३ अर्ब रुपैयाँ र सरकारी निकाय डिडिसीले ४६ करोड रुपैयाँ बुझाउन बाँकी रहेको तथ्याङ्क छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर