Saturday, August 8, 2026

नेपाल टेलिकमको ३४ प्रतिशत सेयर सर्वसाधारणलाई दिने

बारा, १५ जेठ । सरकारले नेपाल टेलिकमको आफ्नो स्वामित्वमा रहेको सेयरमध्ये ३४ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ ।

आगामी पुस महिनाभित्र नेपाल टेलिकममा संघीय सरकारको हिस्सा ६६ प्रतिशत मात्र कायम राखी बाँकी ३४ प्रतिशत सेयर जनस्तरमा लैजाने तयारी सरकारको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत यससम्बन्धी औपचारिक घोषणा गर्दै सेयर बिक्रीबाट प्राप्त हुने रकमलाई नेपाललाई सूचना प्रविधि क्षेत्रको केन्द्र अर्थात् ‘टेक हव’ का रूपमा विकास गर्न उपयोग गरिने जानकारी दिएका छन् । यसका साथै देशमा सूचना प्रविधि क्षेत्रको थप विस्तार र विकासका लागि सरकारले विदेशमा समेत लगानी खुला गर्ने कानुनी तथा नीतिगत प्रबन्ध मिलाएको मन्त्री वाग्लेले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर