Saturday, August 8, 2026

बाराका युवाको साइकल चोरी गर्ने चोर ५ साइकलसहित प्रहरीको नियन्त्रणमा

बारा, १७ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले साइकल चोरीमा संलग्न एक जनालाई चोरी भएका ५ वटा साइकलसहित पक्राउ गरेको छ।

बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोका निवासी २२ वर्षीय विशाल शाहले जेठ १३ गते पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित नेशनल मेडिकल कलेज परिसरमा पार्किङ गरी राखेको आफ्नो साइकल चोरी भएको भन्दै वडा प्रहरी कार्यालय श्रीपुरमा खोजतलासका लागि निवेदन दिएका थिए।

उक्त निवेदनका आधारमा प्रहरीले सिसिटिभी फुटेज तथा प्राविधिक विश्लेषणमार्फत अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा जेठ १६ गते साइकल चोरीमा संलग्न वीरगञ्ज महानगरपालिका–२४ रामगढवा निवासी लाल महम्मद अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले अन्सारीको साथबाट शाहको चोरी भएको साइकलसहित अन्य ४ वटा चोरीका साइकल बरामद गरेको छ। पक्राउ परेका अन्सारीविरुद्ध चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी ५ वटा साइकलसहित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर