Saturday, August 8, 2026

वीरगन्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात

बारा, २० जेठ । चालु आर्थिक वर्षको १० महिनामा वीरगन्ज नाका हुँदै रु २० अर्ब ७९ करोड मूल्य बराबरको खाद्यान्न आयात भएको छ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा खाद्यान्न आयातको कुल मूल्यमा १५ प्रतिशत अर्थात् रु तीन अर्ब ८७ करोडले कमी आएको हो। गत आर्थिक वर्षको यसै अवधिमा यस नाकाबाट रु २४ अर्ब ६६ करोड मूल्य पर्ने १६ थरिका खाद्यान्न नेपाल भित्रिएका थिए।

यस वर्ष आयात भएका मुख्य खाद्यान्नहरूमा सबैभन्दा बढी हिस्सा धानको रहेको छ। चालु आर्थिक वर्षको १० महिनामा रु १० अर्ब ९४ करोड मूल्यको धान आयात भएको छ भने रु पाँच अर्ब ३१ करोड मूल्यको मकै र रु दुई अर्ब ८५ करोड मूल्यको चामल आयात गरिएको छ।

यसका अतिरिक्त सोही अवधिमा रु ५९ करोड मूल्य बराबरको माल्ट तथा रु ३३ करोड मूल्यको फापर, कोदो र अन्य खाद्यान्नहरू वीरगन्ज नाका हुँदै नेपाल आयात भएको भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर