Saturday, August 8, 2026

सीमा नाकाबाट ५ सय रुपैयाँसम्मका सामान ल्याउँदा भन्सार नलाग्ने

बारा, २० जेठ । सरकारले स्थलमार्ग हुँदै सीमा नाकाबाट आवतजावत गर्ने सर्वसाधारणका लागि वस्तु आयात-निर्यातको सीमामा केही परिवर्तन गरेको छ।

अर्थ मन्त्रालयले यात्रुहरूले आफ्नो साथमा भन्सार महसुल नतिरी ओसारपसार गर्न पाउने सामानसम्बन्धी नयाँ नियम जारी गर्दै यसअघिको १ सय रुपैयाँको सीमालाई बढाएर ५ सय रुपैयाँ पुर्‍याएको हो। राजपत्रमा प्रकाशित नयाँ व्यवस्था अनुसार अब सीमावर्ती क्षेत्रका बासिन्दा तथा सर्वसाधारणले आफ्नो निजी प्रयोगका लागि ५ सय रुपैयाँसम्मका वस्तुहरू भन्सार महसुल नतिरी ल्याउन वा लैजान पाउनेछन्।

यद्यपि, यो सहुलियत पूर्ण रूपमा ढुक्क हुने अवस्था भने होइन, भन्सार प्रमुखले सामानको औचित्य र आवश्यकता हेरेर मात्र महसुल नलिई छाड्न सक्ने अधिकार राजपत्रमा सुरक्षित गरिएको छ। यसअघि २०८२ जेठ १५ गते सार्वजनिक गरिएको सूचनामा १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउन प्रतिबन्ध जस्तै गरिएपछि सीमा क्षेत्रमा व्यापक व्यावहारिक कठिनाइ देखिएको थियो।

सरकारले उक्त नियममा परिमार्जन गरेर स्थलमार्ग प्रयोग गर्ने यात्रुहरूलाई अझै पनि हवाईमार्गबाट यात्रा गर्ने यात्रुसरहको ठूलो भन्सार छुट र सुविधा भने दिइएको छैन।

यसैबीच, भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि भने सरकारले पुरानै विशेष सुविधाहरूलाई निरन्तरता दिएको छ। नयाँ नियम लागू भए पनि भारतीय शैक्षिक संस्थामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूले आफ्नो पढाइका लागि साथमा बोक्ने ट्याबलेट वा कम्प्युटर (लैपटप) मध्ये कुनै एक थान नेपाल भित्र्याउँदा कुनै पनि भन्सार महसुल बुझाउनु पर्ने छैन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर