Thursday, June 4, 2026

“दलितको भोट चल्छ तर दलितको पानी चल्दैन?” अमरेश सिंह 

spot_img

सर्लाही, २१ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा भावनात्मक शुभकामना व्यक्त गरेका छन्।

समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेपाली समाज र सरकारसंग भावनात्मक र व्यंग्यात्मक रूपमा, दलितको रगत, श्रम, जवानी चल्ने तर दलितको पानी नचल्ने भनेर प्रश्न गरेका छन्। यस्तै उनले समस्या पानीमा होईन सोचमा छ र छुवाछुत दलितको होईन, समाजको रोग भनेका छन्।

उनले लेखेका छन्, “दलितको रगत चल्छ।

दलितको श्रम चल्छ।

दलितको भोट चल्छ।

दलितको जवानी चल्छ।

तर पानी चल्दैन।

समस्या पानीमा होइन, सोचमा छ।

छुवाछूत दलितको होइन, समाजको रोग हो। दलित बालबालिकाको शिक्षा,स्वास्थ्य र न्यायमा पहुच सुनिश्चितता गरौ। आज जेठ २१ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसl #2decade

आज देशभर २०६३ साल जेठ २१ गते संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ सालदेखि जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर