Thursday, June 4, 2026

बारामा सर्पको टोकाइबाट एकजना बालकको मृत्यु 

spot_img

बारा, २१ जेठ। बारामा मकैको खेतमा सर्पको टोकाइबाट एकजना १९ महिनाको बालकको मृत्यु भएको छ।

बुधबार जिल्लाको पचरौता नगरपालिका वडा नं ४ बेल्दारी बस्ने एकजना महिलाले मकै खेतमा ज्यालादारी काम गर्न १९ महिनाको छोरालाई लिएर गएकोमा उक्त मकैबारीमा खेल्ने क्रममा बालकलाई खुट्टामा सर्पले डसेर घाइते बनाएको थियो।

घाईते बालकलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमा नै मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

पछिल्लो २४ घण्टामा सर्पले डसेर बारा सहित विभिन्न जिल्लामा गरी ३ जनाको मृत्युभएको छ भने १० जना घाइते भएको प्राधिकरणले जनाएको छ। गर्मी सुरु भएसँगै सर्पदंशको जोखिम पनि बढेको भन्दै सबैलाई सचेत हुन र सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर