Friday, June 5, 2026

त्रिवेणी स्पाइनिङ धागो फ्याक्ट्रिमा भीषण आगलागी, पाँच दमकलद्वारा आगो नियन्त्रण प्रयास जारी

spot_img

बारा, २२ जेठ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित त्रिवेणी स्पाइनिङ धागो फ्याक्ट्रिमा शुक्रबार बिहान अचानक भीषण आगलागी भएको छ।

आज बिहान करिब १०ः४० बजेको समयमा फ्याक्ट्रिभित्र बिजुलीको तार सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुर बाराबाट प्रहरी सहायक निरीक्षक तेजनारायण वैठाको कमाण्डमा ६ जना प्रहरी टोली खटिएको थियो। त्यसैगरी इलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादवको कमाण्डमा ४ जना प्रहरी तथा औद्योगिक सुरक्षा बेस शसस्त्र जितपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक एकवाल यादवको कमाण्डमा ५ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ।

आगो नियन्त्रणका लागि जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगञ्ज बारा तथा वीरगञ्ज महानगरपालिकाका गरी जम्मा ५ वटा दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ। स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ।

हालसम्म आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर