Friday, June 5, 2026

त्रिवेणी स्पाइनिङमा भएको आगलागी १२ वटा दमकलको सहायतामा नियन्त्रण

spot_img

बारा, २२ जेठ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित त्रिवेणी स्पाइनिङ धागो फ्याक्ट्रीमा शुक्रबार बिहान भएको भीषण आगलागी नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब १०:४० बजे फ्याक्ट्रीमा बिजुलीको तार सर्ट भई अचानक आगलागी भएको हो। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी निरीक्षक तेजनारायण वैठाको कमाण्डमा ६ जना, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक सुरेन्द्र यादवको कमाण्डमा ४ जना तथा औद्योगिक सुरक्षा बेस शसस्त्र जितपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक एकवाल यादवको कमाण्डमा ५ जना सुरक्षाकर्मी घटनास्थल पुगेका थिए।

आगो नियन्त्रणका लागि जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगञ्ज र वीरगञ्ज महानगरपालिकाका दमकल परिचालन गरिएको थियो। त्यसपछि कोल्हवी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका पर्सा, निजगढ नगरपालिका, गढीमाई नगरपालिका, माइक्रो पोलिसियन वीरगञ्ज, नेपाली सेना रिपुमर्दन गण कलैया तथा श्रीजंग गण पर्साबाट समेत दमकल मगाइएपछि कुल १२ वटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, नं. १२ गण हेडक्वार्टर कलैयाबाट सशस्त्र प्रहरी उपरीक्षक बिकाल सिल्वाल तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीसहितको टोली खटिएको थियो।

प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, दमकल र स्थानीयवासीको सक्रियतामा आगो दिउँसो करिब १२:३० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ।

आगलागीबाट करिब १८० टन कपास, RCC वाल भएको टिनले छाएको ५०×८० फिटको गोदाम, २ वटा कन्डेन्सर, १ वटा MBO मेसिन र १ वटा MO मेसिन जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। हाल क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर