Saturday, June 6, 2026

बारामा तीन वर्षपछि पक्राउ परेका हत्या आरोपी कारागार चलान

spot_img

बारा, २३ जेठ । तीन वर्षअघि बाराको सीमावर्ती क्षेत्रमा भारतीय नागरिक अजित सिंहको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका मुख्य अभियुक्तलाई अदालतको आदेशपछि कारागार चलान गरिएको छ।

बारा जिल्ला अदालतका १ नम्बर इजलासका न्यायाधीश प्रकाशकुमार अधिकारीको आदेशानुसार अभियुक्त रंजित मुखियालाई पुर्पक्षका लागि वीरगन्ज कारागार पठाइएको हो। भारत बिहारको मोतिहारी जिल्ला दरपा थानाअन्तर्गत तीनकोनी ग्राम पञ्चायत घर भएका ३० वर्षीय मुखिया लामो समयदेखि फरार रहँदै आएका थिए।

उनलाई गत बुधबार मात्रै जिल्लाको पचरौता नगरपालिका-४ बेल्दारीबाट प्रहरीले पक्राउ गर्न सफल भएको अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान र अदालतको मिसिलअनुसार यो हत्या काण्ड त्रिकोणात्मक सम्बन्ध र रिसिइबीका कारण भएको देखिन्छ। मृतक अजित सिंह र उनकी श्रीमती सोनम सहनी नेपालको सिम्रौनगढ नगरपालिका-६ स्थित बजारमा बस्दै आएका थिए।

सोही क्रममा श्रीमती सोनम, आरोपी रंजित मुखिया र अर्का सहयोगी रूपेशकुमार महतोको मिलेमतोमा योजनाबद्ध रूपमा सिंहको हत्या गरिएको थियो। २०८० साल असोज ९ गते पचरौता नगरपालिका-६ पकडीया गाउँस्थित लक्ष्मीनियाँ पोखरीको डिलमा सिंहलाई गोली हानिएको प्रहरी अनुसन्धानले देखाएको छ।

यस घटनामा संलग्न मृतक, उनकी श्रीमती र पक्राउ परेका अभियुक्तसहित सबै जना भारतीय नागरिक नै रहेको र उनीहरूले नेपाली भूमिलाई अपराधस्थल बनाएको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर