Monday, June 8, 2026

बाराकी एकजना महिला २२ किलोभन्दा बढी गाँजासहित मकवानपुरमा पक्राउ

spot_img

बारा, २५ जेठ। मकवानपुर प्रहरीले २२ किलो ५८४ ग्राम लागूऔषध गाँजासहित बारा घर भएकी एक जना महिलालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान करिब साढे १० बजे लागूऔषध बरामद गरेको हो।

प्रहरीले बारा जिल्लाको सुवर्ण गाउँपालिका–८ घर भई हाल मकवानपुरको मनहरी गाउँपालिका–८ बेलुवा बस्दै आएकी २८ वर्षीया सेहरा खातुनलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो।

खानतलासीका क्रममा डेराकोठाभित्र लुकाइछिपाइ राखिएको तीनवटा पोकाभित्रबाट २२ किलो ५८४ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। बरामद लागूऔषधसहित खातुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर