Tuesday, June 9, 2026

श्रम सम्मेलनमा नेपालको प्रतिबद्धता : आन्तरिक रोजगारी प्रवर्द्धनदेखि सुरक्षित आप्रवासनसम्म

spot_img

काठमाडौं, २६ जेठ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी दशकलाई डिजिटल अर्थतन्त्रमा श्रमिकको संरक्षण, सुरक्षित तथा मर्यादित आप्रवासन र श्रमिक अधिकारको सुनिश्चिततालाई प्राथमिकतामा राखेको बताएका छन् ।

नेपालले आगामी दशकलाई आन्तरिक रोजगारी प्रवद्र्धनको दशकका रूपमा अघि बढाउँदै मर्यादित आप्रवासन र श्रमिक अधिकारको सुनिश्चततालाई प्राथमिकतामा राखेको उनले बताए ।

मन्त्री रामजी यादवले ११४ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालले आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्द्धनको दशकका रूपमा अघि बढाउने बताए ।

डिजिटल तथा गिग अर्थतन्त्रमा कार्यरत श्रमिकको हकहितका लागि स्पष्ट सम्झौता, व्यावसायिक सुरक्षा, एल्गोरिद्मिक निष्पक्षता र डेटा गोपनीयता आवश्यक रहेको मन्त्री यादवले बताए ।

नेपाल सरकारले पहिलोपटक एकीकृत राष्ट्रिय ‘केयर इकोनोमी’ नीति निर्माण गरिरहेको र जबरजस्ती श्रमसम्बन्धी प्रोटोकल अनुमोदनका लागि संसद्मा पेश भएको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर