Tuesday, June 9, 2026

कक्षा १२ को नतिजा असार १० गतेभित्र सार्वजनिक गर्ने तयारी

spot_img

बारा, २६ जेठ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी असार १० गतेभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।

सरकारले परीक्षा सकिएको ४५ दिनभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएको परिप्रेक्ष्यमा बोर्डले सोही समयावधिभित्र वा सम्भव भएसम्म त्यसअघि नै नतिजा ल्याउन तीव्र गतिमा काम गरिरहेको जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको कार्य सम्पन्न भइसकेको छ भने हाल विद्यार्थीको प्राप्तांक इन्ट्री र म्याचिङको काम भइरहेको छ । नतिजा समयमै निकाल्न कर्मचारीहरू बिदाको दिनका साथै बिहान–बेलुका समेत खटिएका छन् । यसअघि कक्षा १२ को नतिजा सार्वजनिक गर्न कम्तीमा ७० दिन लाग्ने गरेकोमा यसपटक ४५ दिनको लक्ष्य भेट्टाउन देशभर ४८ वटा उत्तरपुस्तिका परीक्षण केन्द्रहरू थप गरेर काम छिटो पारिएको हो ।

गत वैशाख १४ गतेदेखि सञ्चालित यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी भएका थिए, जसमा नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ (१ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १ सय ३७ छात्रा र २९ अन्य) तथा आंशिकतर्फ ८५ हजार ८ सय ३० विद्यार्थी रहेका छन् । यसैगरी, जापानको एभरेस्ट स्कुलबाट पनि ३९ जना विद्यार्थी परीक्षामा सामेल भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर