बारा, २९ जेठ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९२ हजार कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ८४० निर्धारण भएको छ ।
हिजो ( बिहिवार ) एक तोला सुन रु दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६५० मा कारोबार भएको थियो ।




