Friday, June 12, 2026

घुमौं मधेश’ नारासहित मधेश ट्राभेल मार्ट कार्यक्रम सुरु

spot_img

बारा, २९ जेठ। ‘घुमौं मधेश’ अन्तर्गत कृषि, पर्यटन, खेल, उद्योग र व्यपार, मधेश समृद्धिको मुख्य आधार भन्ने नारासहित मधेश प्रदेशको सबैभन्दा ठूलो पर्यटन यात्रा सुरु भएको छ।

बारा, पर्सा, रौतहट लगायत मधेश प्रदेशको आठवटै जिल्लाको विभिन्न पर्यटकीय स्थलहरुको प्रचारप्रसार एवम् यसको सम्भावनाको विषयमा आयोजना गरिएको उक्त कार्यक्रममा छिमेकी राष्ट्र भारतबाट कसरी भारतीय पर्यटकलाई मधेशमा बढी भित्राउन र आकर्षित गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो।

नेपाल पर्यटन बोर्ड, जितपुर सिमरा उपमहानगरपालिका, वीरगन्ज महानगरपालिका, नाट्टा मधेश र नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघको आयोजना तथा सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा छिमेकी राष्ट्र भारतका राष्ट्रिय तथा स्थानीय संचारकर्मी र नेपाली संचारकर्मीहरुको सहभागिता रहेको छ।

उक्त कार्यक्रममा बारामा रहेको, विश्व प्रसिद्ध गढीमाई, एतिहासिक सिम्रौनगढ, सिमरा विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज, सफारी, भाट्टा धाम, चुरियामाई, ठोरी लगायतको स्थानहरुमा पर्यटनको सम्भावना बारे गहन छलफल गरिएको थियो।

आयोजकले ४ दिनमा मधेशमा रहेको धार्मिक तथा सांस्कृतिक पर्यटनको सम्भावना बारे भारतीय आगन्तुकहरुलाई विस्तृत अध्ययन गराउने छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर