Monday, June 15, 2026

मधेश प्रदेश सरकारका कर्मचारीको तलब १० प्रतिशत बढ्यो

बारा, ०१ असार । मधेश प्रदेश सरकारले प्रदेशमा कार्यरत सरकारी कर्मचारीहरूको तलबमा १० प्रतिशत वृद्धि गरेको छ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो घोषणा गरेका हुन।

बजेट भाषणका क्रममा अर्थमन्त्री भट्टराईले कर्मचारीहरूले हाल पाइरहेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलको आधारमा तलबमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिेए।

सार्वजनिक सेवालाई थप प्रभावकारी र नतिजामुखी बनाउनका लागि सरकारले कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्ने भएको छ।

यसै अन्तर्गत नयाँ तलब मापनको अधिकतम १० प्रतिशतसम्म मासिक प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिएको अर्थमन्त्री भट्टराईले बताए।

“कर्मचारीले प्राप्त गर्ने उक्त प्रोत्साहन भत्तालाई उनीहरूको मासिक कार्यसम्पादनसँग प्रत्यक्ष रूपमा आबद्ध गरिनेछ। तोकिएको लक्ष्यको प्रगति हासिल नगर्ने कर्मचारीलाई भने कुनै पनि प्रकारको प्रोत्साहन भत्ता उपलब्ध गराइने छैन,” अर्थमन्त्री भट्टराईले स्पष्ट पारे।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर