बारा, १० असार । वीरगन्ज महानगरपालिकाले क्षेत्रभित्र बढ्दो अत्यधिक गर्मीलाई मध्यनजर गर्दै सबै विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ।
महानगरपालिकाले बढिरहेको तापक्रमका कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखेर बिदा दिएको जनाएको छ ।
शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचना अनुसार आगामी असार ११ र असार १२ गतेसम्म दुई दिनका लागि महानगरपालिका अन्तर्गतका बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका सम्पूर्ण सामुदायिक तथा संस्थागत (मन्टेश्वरी समेत) विद्यालयहरू बन्द रहनेछन्।
बिदालाई विद्यालयहरूको वर्षे बिदाबाट कट्टा गरिने समेत महानगरले जनाएको हो ।



