Thursday, June 25, 2026

वीरगन्जका एकजनाको पहिरोमा पुरिएर म्याग्दीमा मृत्यु 

म्याग्दी, ११ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा एक जना चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–२१ बस्ने २३ वर्षीय सोहेल मियाँ रहेका छन्।

बुधबार राति करिब ८ बजे ढुङ्गा र माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको विद्युतीय (EV) गाडी पुरिएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र गुल्म हेक्वा म्याग्दीबाट सशस्त्र प्रहरीसहितको संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो।

उद्धार टोलीले गाडीभित्र रहेका मियालाई बाहिर निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्‍याएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर