Saturday, August 1, 2026

लहानमा जारी कर्फ्यू हटाइयो

बारा, १६ साउन । जिल्ला प्रशासन कार्यालय, सिरहाले लहान नगरपालिका क्षेत्रभित्र लगाइएको कर्फ्यू आदेश हटाएको छ।

जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम साउन १६ गतेबिहान १० बजेदेखि लागू हुने गरी उक्त कर्फ्यू हटाइएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचना अनुसार सुरक्षा अवस्था सहज बन्दै गएपछि प्रशासनले निर्णय लिएको हो।

कर्फ्यू हटेसँगै लहान क्षेत्रको जनजीवन तथा आवतजावत पुनः सामान्य बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर