Monday, September 28, 2026

सप्तरीमा तीन क्विन्टलभन्दा बढी गाँजासहित एक जना पक्राउ

Advertisement
Advertisement

बारा, २४ साउन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–०८ जोगिनियाबाट भारी परिमाणको गाँजासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

शनिबार दिउँसो करिब २ बजे कोशी बाँधको पलारमा रहेको सरकारी खाली जग्गामा भारतीय नागरिक नन्दकिशोर मुखियाले लगाएको पटुवा खेतबारीबाट १२ बोरा गाँजा बरामद गरिएको हो।

बरामद गरिएको उक्त गाँजा हनुमाननगर कंकालिनी नगरपालिका–०७, मुखिया टोल बस्ने अन्दाजी ५३ वर्षीय माधुरी मुखियाको रहेको प्रारम्भिक छानबिनबाट खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ।

बरामद गरिएको लागूऔषध गाँजाको तौल गर्दा कुल ३०२ किलो ४८० ग्राम रहेको पाइएको छ। पक्राउ परेका मुखियालाई नियन्त्रणमा राखी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर