कलैया,२६ असार । बारामा विभिन्न माग राख्दै सार्वजनिक यातायात व्यवसायीहरूले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।
बारामा संचालनमा रहेको बस,म्याजिक भ्यान र ईभि गाडी लगायतका यातायात संघ संस्थाहरुले विभिन्न माग राख्दै बुधबारदेखि यातायात बन्द गरेका हुन् ।
आन्दोलन समितिका अध्यक्ष रामजी प्रसाद पटेलका अनुसार व्यवस्थित पार्किङको व्यवस्था नरहेको,लाइसेन्स,रुट प्रमिट र अनुमतिपत्र बिना सवारीसाधन सडक चलाएको,गाडीको क्षमतामा भन्दा बढी यात्रु बोक्ने,दुर्घटना बढ्दै,जथाभावी सवारीसाधन सडकमा चलाएको,बसको अगाडि अटो आउछ अनि साइड नदिने भन्दै अनिश्चितकालीन गाडी बन्द गरेको बताए ।
“अटोहरु स्थानीय तह संग अनुमति लिएको छ भने पालिका भित्र चलाउनु पर्यो तर अटोहरुले नियम उलंघन गरि चलाउछ प्रशासनले नदेखे जस्तै गर्दै छ” उनले भने ।
साथै दुर्घटना न्यूनीकरण गर्न क्षमता अनुसार गाडीमा यात्रुहरुलाई बोक्न उनले आग्रह गरेका छन् ।
प्रशासनबाट व्यवस्थित गर्न आदेश आएको दुई दिन सम्म व्यवस्थित हुन्छ फेरि त्यही अवस्था पुग्ने गरेको म्याजिक संघका अध्यक्ष धर्मेन्द्र उपाध्यायले बताउछन् ।प्रशासनको लापरबाहीको कारण सवारीसाधन बन्द गरिएको उनले बताए ।