Friday, June 26, 2026

टिकटकमा लाइभ आएर गाली गलौज गरेको अरोपमा एक युवती पक्राउ

कलैया, ३० असार । सामाजिक सञ्जाल टिकटकमा लाइभ आएर गाली गलौज गरेको आरोपमा धनुषाबाट एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २४ बस्ने २० वर्षीया रोशनी खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

टिकटक लाइभमा आएर त्यि युवतीले अभ्रद गाली गलौज अपशब्दहरु प्रयोग गरेकोले समाजिक संजालमा अन्य व्यक्तीमा समेत नकरात्मक असर पर्ने देखिएको हुदा खातुनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

अभ्रद्र व्यवहार शिर्षकमा मुद्दामा दर्ता गरेर धनुषा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर