Friday, June 26, 2026

सर्लाहीमा मोटरसाइकल र पिकअप ठोक्किँदा आगलागी : ५ जना घाइते

कलैया, ३० असार। सर्लाहीमा मोटरसाइकल र पिकअप ठोक्किँदा ५ जना घाइते भएका छन। ईश्वरपुर नगरपालिका–१२ र १३ नं. वडाको सीमामा रहेको रेल्वे ट्र्याक नजिकै श्रीनगरबाट बाँकेतर्फ जाँदै गरेको प्रदेश ०३–०२८प २१९१ नम्बरको मोटरसाइकल र बयलबासबाट महोत्तरीतर्फ जाँदै गरेको बा ८च ६५ नम्बरको पिकअप एकआपसमा ठोक्किएको हो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ठोक्किएपछि दुवै सवारी साधनमा आगलागीसमेत भएको छ ।

गम्भीर घाइते हुनेमा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ का २३ वर्षीय चन्द्रदेव धामी रहेका छन। धामी करिब ८५ प्रतिशत जलेर गम्भीर घाइते भएका छन्। उनी नेपाली सेनाको भगवती दल गण, ईटहरीमा कार्यरत सिपाही हुन्। सोही मोटरसाइकलको पछाडि सवार जगरनाथ चौधरीका छोरा २२ वर्षीय प्रशेस चौधरीको टाउको र हातमा सामान्य चोट लागेको छ र उनी हाल मध्य पश्चिम पृतना, बुटवलमा कार्यरत सेनाका सिपाही हुन्। त्यस्तै सोहि मोटरसाइकलमा सवार २१ वर्षीय अमित चौधरी घाइते भएका छन।

त्यस्तै, पिकअपका चालक हरिवन नगरपालिका–३ का रामएकबाल महतो तथा पिकअपमा पछाडि सवार हरिवन–२ का लेखनाथ उपाध्यायको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ । घाइते सबैको उपचार मोडल अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर