24.3 C
Kalaiya

Monday, December 1, 2025
spot_img
24.3 C
Kalaiya
Monday, December 1, 2025

एसीटीसँगको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

spot_img
spot_img

कलैया, १० भदौ। विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास टी–२० खेलमा पनि अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई पराजित गरेको छ। पहिलो खेलमा एसिटीलाई ४१ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा पनि सोहि टोलीलाई ६ विकेटले पराजित गरेको हो।

Advertisement

पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन जोड्यो । नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसिटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो । नेपालका लागि सन्दीप लामिछानेले ह्याट्रिकसहित सर्वाधिक पाँच विकेट लिएका हुन। त्यस्तै करण केसीले दुई तथा गुल्शनकुमार झा, कुशल भुर्तेल र रुपेशकुमार सिंहले समान एक-एक विकेट लिए।

Advertisement

दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एसीटीले १७.२ ओभरमा ९६ रनमा अलआउट भएको थियो। एसीटीले दिएको ९७ रनको लक्ष्य नेपालले १३.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर