Monday, June 29, 2026

दशैंका लागि भदौ २९ गतेदेखि पैसा साट्न सकिने

कलैया, १५ भदौ । नेपाल राष्ट्र बैंकले दशैँको लागि सुकिला नोट भदौ २९ गतेदेखि सटही गर्न सकिने जनाएको छ। राष्ट्र बैंकले आज (आइतबार) एक सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म साट्न पाइने जनाएको हो।

सुचना अनुसार राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुनेछ।

त्यसैगरि राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्षका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले यस्तो सुविधा प्राप्त गर्ने राष्ट्र बैंकलेले जारी गरेको सूचनामा उल्लेख छ।

यस वर्ष विजया दशमी असोज १६ गते परेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर