Sunday, August 16, 2026

मन्त्रीलाई फोनमा धम्की दिने किरण शाहलाई ३ दिन थुनामा राख्न जिल्ला अदालतको आदेश

Advertisement
Advertisement Advertisement

वीरगन्ज, १५ भदौ। खानेपानी मन्त्री प्रदीप यादवलाई धम्की दिएको आरोपमा पक्राउ परेकी टिकटकर किरण शाहलाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

बाराको कलैया उपमहानगरपालिका–२६ सिसुवा महेशपुर घर भएकी र हाल वीरगन्ज–१३ मुर्ली बस्ने २६ वर्षीया किरण शाह लाई पर्सा जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको पर्सा प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी किशोर लम्सालले जानकारी दिनुभयो।

शाहमाथि संघीय सांसदलाई ज्यान मार्ने धम्की दिएको, साइबर अपराध गरेको र झुठा अफवाह फैलाएको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ। शुक्रबार राति समाजिक सञ्जालमा भाइरल भएको मन्त्री यादव र शाहबीचको कुराकानीमा शाहले मन्त्रीलाई ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएको थियो। त्यस्तै, उनले वीरगन्जमा हैजाका कारण धेरै व्यक्तिको मृत्यु भएको भनी झुठो समाचार (अफवाह) पनि फैलाएकी थिइन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर