Sunday, August 16, 2026

बारामा करेन्ट लागेर ५० वर्षीया महिलाको मृत्यु

Advertisement
Advertisement Advertisement

कलैया, १५ भदौ। बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिका–५ कोनिहाटी चौरमा आइतबार अपराह्न करिब ३ः३० बजे घाँस काट्ने क्रममा करेन्ट लागेर कचोर्वा निवासी ५० वर्षीया अनिता देवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाँस काट्ने क्रममा भनु महतोको खेतमा पानी हाल्नका लागि जडान गरिएको विद्युतीय मोटरको तार हसियाले काट्दा करेन्ट लागेर यादवको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक पवन पछाईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर