Tuesday, June 30, 2026

मानव बेचबिखन नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेको भन्दै पर्साका प्रहरी प्रमुख मिश्र सम्मानित

कलैया, २० भदौ। मानव बेचबिखन तथा ओसार–पसार विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र सम्मानित भएका छन्। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मानव बेचबिखन नियन्त्रणमा विशेष योगदान पुर्‍याएको भन्दै प्रहरी उपरीक्षक मिश्रलाई सम्मान गरिएको हो।

मानव बेचबिखनजस्तो गम्भीर अपराध नियन्त्रणमा निरन्तर सक्रिय रहेका मिश्रले विगत सात महिनामा पर्सा जिल्लामा उल्लेखनीय सफलता हासिल गरेका छन्। उनको आफ्नो कार्यकालमा हाल सम्म १५ वटा मुद्दा दर्ता भई १७ जना अभियुक्त पक्राउ परेका छन् भने करिब ३०० जना जोखिममा परेका महिला तथा बालबालिकालाई सकुशल उद्धार गरिएको छ।

त्यससँगै, ३५० भन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरी जनस्तरमा सचेतना अभिवृद्धि गर्ने कार्यमा समेत उनले नेतृत्व गरेका छन्। प्रहरी, नागरिक समाज, सञ्चारकर्मी र सरोकारवालासँगको सहकार्यमार्फत अपराध न्यूनीकरण र कानुनी कारबाहीलाई प्रभावकारी बनाउन उनले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर