कलैया, २० भदौ। सिरहामा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर २ टुड्किया सैनिक चोकमा आज ग१ख ३७८८ नम्बरको ट्रिनिटी बोर्डिङ स्कुल बसको ठक्करबाट ७ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय मदन साहका छोरा आदर्शकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन । विद्यालयबाट घर फर्किने क्रममा आदर्शलाई बसले किच्दा उनको टाउकोमा गम्भीर चोट लागेर घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिए ।
ठक्कर दिने बसका चालक गोलबजार नगरपालिका–३ का विमल भुजेल घटनापछि फरार भएका छन् । उनको खोजी कार्य भैरहेको र घटना बारे थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।