Monday, August 17, 2026

जेनजी आन्दोलन : कलैयाका विद्यालयमा पनि दुई दिन शोक बिदा

Advertisement
Advertisement Advertisement

कलैया, २४ भदौ। जेनजी युवाको सोमबार भएको देशभर आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण कलैया उपमहानगरपालिकाले दुई दिन विद्यालयमा शोक बिदा दिएको छ ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर विद्यार्थीको मृत्यु भएपछि गहिरो दुःख व्यक्त गर्दै उपमहानगरपालिकाले आज भदौ २४ र २५ गते सम्पूर्ण विद्यालयमा शोक बिदा दिने निर्णय गरेको हो।

उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव कुमार यादवले सूचना जारी गर्दै उपमहानगरका सामुदायिक तथा संस्थागत विद्यालय लगायत सम्पुर्ण शैक्षिक संस्थाहरुमा दुई दिनका लागि बिदा दिने निर्णय भएको बताएका छन ।

सोमबारको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४ सय भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।

May be an image of text

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर