कलैया, १ असोज। पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का रुकुम–पूर्व, बागलुङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।
रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर असोज १ गते बुधबार राती ८ बजेर २५ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पतिहाल्ने भञ्ज्याङ क्षेत्र नजिक रहेको छ ।