Friday, October 16, 2026

वीरगन्जमा बाराका एक युवकलाई हत्या : पाँच जना पक्राउ

Advertisement
Advertisement

कलैया, १६ असोज।  वीरगन्जमा मंगलबार राति भएको एक युवकको हत्यामा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।  दशैं मेलामा अष्टमीको राति दुई समुहबिचमा कुटपिट हुँदा बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ९ घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा बस्दै आएका २० वर्षीय गोल्डेन भन्ने शिवम कुमार साह कानुको मृत्यु भएको थियो ।

उक्त घटना वीरगन्ज महानगरपालिका वडा नम्बर १० गीतामन्दिर रोडमा भएको थियो। गोल्डेनलाई उपचारका लागि नारायणी अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषित गरेको थिए। उक्त घटनामा संलग्न रहेको आरोपमा वीरगन्ज महानगरपालिका–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,२० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमीरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम् प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिएका छन।

‘खुनी दरिन्दे समूह’ को नामबाट ह्वाटसअप ग्रुप बनाएका युवाहरूले २० वर्षीय गोल्डेनको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पाठकले जानकारी दिएका हुन।  उनका अनुसार युवाहरूको समूहको मृतक गोल्डेनको समूहसँग यसअघि पनि झगडा भएको र रिसबी साँध्न यस्तो घटना गरिएको अनुसन्धानबाट खुलेको हो।

प्रहरी उपरीक्षक पाठकका अनुसार उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान भैसकेको र उनीहरूको खोजी कार्य भैरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर