Thursday, July 2, 2026

पर्साबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

कलैया, २७ असोज। पर्सा प्रहरीले श्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ का १९ वर्षीय किशन यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।

विशेष सूचनाको आधारमा आइतबार पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० आदर्शनगर नबिल बैंक अगाडि सडकखण्डमा संकास्पद रूपमा हिंडिरहेको अवस्थामा यादवलाई प्रहरीले पक्राउ गरेको हो। यादवले लगाएको सेतो जिन्स पाइन्टको खल्तीबाट नेपाली रू.५०० दरका नोट ८ सय ६८ थान जम्मा रू ४ लाख ३४ हजार फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर