Friday, June 5, 2026

गृहमन्त्री हटाउन बालेनले दबाब दिएका छैनन् : प्रधानमन्त्रीको सचिवालय

spot_img

कलैया, १३ कात्तिक। प्रधानमन्त्री शुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिएको भन्ने प्रचार गलत भएको स्पष्ट पारेको छ ।

आज प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएको र कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने उल्लेख गरेका छन् ।

“विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चारमाध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ ।” विज्ञप्तिमा उल्लेख छ

प्रमुख स्वकीय सचिव श्रेष्ठद्वारा जारी विज्ञप्ति भनिएको छ, “जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ”

संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र त्यसमा विश्वास नगर्न प्रधानमन्त्रीको सचिवालयले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ।

प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेस विज्ञप्ति
प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर