Thursday, August 13, 2026

टाउको नभएको अवस्थामा एकजना चौकीदारको शव फेला 

सर्लाही, १९ पौष। सर्लाहीको सागरनाथ वन विकास परियोजनाको झाडीमा मृत अवस्थामा टाउको नभएको अवस्थामा एकजना पुरुषको शव फेला परेको छ। उक्त शव ईश्वरपुर नगरपालिका वडा नं २ राईटरखोर बस्ने बेचु महतोको ४७ वर्षिय छोरा रामईश्वनर महतोको रहेको प्रहरीले जनाएको छ।

सागरनाथ वन विकास परियोजना सागरनाथमा चौकी दारको रुपमा काम गर्दै आएका महतो वनमा कसैले काठ काटी रहेको छ भनि आफ्नै घरबाट साईकलमा निस्केका थिए भने धेरै बेरसम्म घर नआएपछि आफन्तहरुले खोजतलास गर्ने क्रममा टाउको नभएको अवस्थामा उनको शव फेला पारेको सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

उक्त शवलाई मृतकका ज्वाई बिर बहादुर सिंहले देखेपछि प्रहरीलाई खबर गरेका थिए भने घटना स्थलमा ईलाका प्रहरी कार्यालय केशरजंगबाट एसओसीओ सहितको टोली र थप अनुसन्धानका लागि केनाई शाखा लालगनढ धनुषा र तालिम प्राप्त कुकुर सहितको टोलीले घटना स्थललाई सुरक्षित राखेर टाउकोको खोजी गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर