Tuesday, June 9, 2026

निर्वाचन प्रहरी (म्यादी) भर्नाका लागि बारामा युवाहरुको भीड

spot_img

कलैया, २५ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्नाका लागि जिल्ला प्रहरी कार्यालय बारामा आवेदन दिनेहरूको भीड लागेको छ। बारा प्रशासनले जिल्लाका विभिन्न मतदान केन्द्र तथा सुरक्षाका लागि ४ हजार ३४ जना निर्वाचन प्रहरीको माग गरेको जनाएको छ।

निर्वाचन प्रहरी भर्नाका लागि माघ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। भर्नाका लागि दरखास्त दिने उम्मेदवारले अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा गरी ५४ वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ।

देशभर यसपटकको निर्वाचनमा कुल १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी रहेको छ। निर्वाचनको शान्ति–सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा करिब डेढ लाख सुरक्षाकर्मी खटाइने जनाइएको छ।

सरकारले ४० दिनको कार्यअवधि तोकेर निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी परिचालन गर्ने तयारी गरेको छ। भर्ना प्रक्रियाप्रति युवाहरूको आकर्षण आज पहिलो दिन नै बढेसँगै जिल्ला प्रहरी कार्यालय बारामा ठूलो संख्यामा आवेदन दिने युवाहरुको उपस्थिति देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर