Tuesday, June 9, 2026

सिम्रौनगढमा टहरामा बसेका भिखारीहरुको साथमा गाडी, पशुपन्छी बिक्री वितरण गरिरहेको आशंका 

spot_img

कलैया, २९ पौष। बाराको सिम्रौनगढ नगरपालिका वडा नं १० देवापुर टेटामा धेरै दिनदेखि भिखारीहरु अस्थायी टहरा बनाएर बसेका छन् भने उनीहरुको साथमा बा १४ च ५०६७ नम्बरको एउटा नेपाली गाडी पनि रहेको छ।

भिख माग्ने बाहानामा सुरक्षा निकायलाई झुक्याएर स्थानीय पशुपन्छी तथा चराचुरुङ्गीको अवैध सिकार गरी भारततर्फ बिक्री वितरण गर्ने गरेको आशंका स्थानीयले व्यक्त गरेका छन्।

महिला तथा बालबालिकाहरू दिनभर भिख माग्ने र पुरुषहरू जाँड, रक्सी सेवन गरी जुवातास खेल्न व्यस्त हुने गरेको एकजना स्थानीयले बताए। केही समयदेखि बारामा बढेको चोरी शिकारी र भिखारीको साथमा गाडी हुनु आशंकाको विषय रहेको र यसमा स्थानीय प्रशासनले निगरानी गर्न आवश्यक देखिएको एकजना स्थानीयले जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर